सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो ।
यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।
चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित