logo
Logo Side Banner

सिन्धुलीमा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

सिन्धुलीमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल, उदयबहादुर मस्राङ्गगी र पवन मस्राङ्गगीको ज्यान गएको हो ।

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै दुर्घटना भएकाे हाे ।गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान ओसार पसार गर्ने गाडी दुर्घटनामा परेको हो ।

घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस