logo
Logo Side Banner

भुसंरक्षण दिवसमा बास रोपण

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

पोखरा साउन २४,

५०औं भु ( संरक्षण दिवस २०८१ को अबशरमा बास रोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरे।

पौडेलले जलवायु उत्थानशिलताका लागि ब्यबस्थित जलाधार भएको बताउदै जल जमिन र जंगलको संरक्षण नै समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। पौडेलले ब्यबस्थित जलाधारबाट नै जलवायु परिबर्तनका असर न्यूनीकरण हुने उल्लेख गर्दै बिकास निर्माण पर्यावरणमैत्री बनाउने तर्फ ध्यान दिन आग्रह गरे । बाताबरण मैत्री बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्ति असम्भव रहेको भन्दै प्रमुख पौडेलले बृक्षारोपण लगायतका कार्यक्रम जलवायू उत्थानमा सहयोगि हुने बताए।

 बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीका निमित्त कार्यालय प्रमुख अमर अधिकारीले रोपिएका बिरूवाको उचित स्याहार सम्भार र रेखदेखमा ध्यान दिन स्थानिय वडा र स्थानियबासीलाई आग्रह गरे।

कार्यक्रममा सो वडाका अध्यक्ष रामकाजी गुरुङ ,वडा सदस्य चेत बहादुर क्षेत्री सहितका जनप्रतिनिधि र स्थानियहरूको सहभागीता रहेको थियो ।

बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीको ब्यबस्थापन र पोखरा महानगर पालिका वडा न २३ को कार्यालयको संयोजनमा सोही वडाको बाम्दिस्थित हर्पनकोला किनार मा करिब ५० वटा बासका बिरुवा रोपिएको हो

प्रतिक्रिया दिनुहोस