कतारमा रहेका कास्केली नेपालीहरुको अन्तराष्ट्रिय समाज कास्की आदर्श समाजले स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ । क्षत्री समाज नेपाल केन्द्रिय कार्य समितिका केन्द्रिय अध्यक्ष रिव बहादुर थापा र केन्द्रिय महासचिव कृष्ण बहादुर थापालाई कतारमा समाजद्धारा स्वागत कार्यक्रममा सम्मान गरीएको हो ।
कास्की जिल्लाबाट रोजगार व्यवसाय अध्ययनमा गएका नेपालीहरुले २३ वर्ष अगाडी स्थापना गरेको सामाजिक सेवामूलक संस्थाले कतारमा नेपालीहरुलाई संगठित गर्ने, कास्कीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने कार्यहरु गरीदैँ आएको अध्यक्ष अग्नधर (अग्नि ) देवकोटाले बताए ।
समाजले कतारमा पुग्ने कास्कीका विविध क्षेत्रका व्यक्तिहरुलाई स्वागत, शुभकामना आदानप्रदान अन्र्तगत थापाद्धयलाई सम्मान गरीएको संरक्षक बिमल सुवेदीले बताए ।
सम्मान ग्रहण गर्दै क्षत्री समाजका अध्यक्ष रिव बहादुर थापाले सम्मानले जिम्मेवारी बढाएकोमा खुशी व्यक्त गर्नुभयो र महासचिव कृष्ण बहादुर थापाले सबै जातीको भूमिका समान हुने र सबैलाई समेटी कास्की समाजले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।
सो कार्यक्रममा प्रमुख संरक्षक आशबहादुर गुरुङ्ग, कास्की आदर्श समाज अन्तराष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष हंशराज ढकाल, उपाध्यक्ष सुरज रानाभाट, कोषाध्यक्ष केश गुरुङ्ग, सल्लाहाकार रेशम बस्नेत लगायतले समाजको जानकारी गराएका थिए ।
समाजको विवरण अनुसार कतारमा ४ देखि ५लाख सम्म नेपाली रहेकोमा कास्कीबाट मात्र ५० हजार नेपाली हुनसक्ने बताइन्छ । यहाँ नेपालीहरु निर्माण मजदुर, सुरक्षा, होटलमा श्रमिकको रुपमा र अन्य सरकारी तह र व्यवसायीको रुपमा उच्च तहमा रहेका छन । समाजले वर्षौ आम्दानीको रकम नेपाल पठाइरहेकोमा नेपालले दिने न्यूनतम सेवामा ठूलो भेदभाव राखी शिक्षा, लाइसेन्स दिन बन्चित गराएको छ । सो माग सम्बन्धमा क्षत्री समाजले पहल गरीदिन आग्रह गरेका छन ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित