logo
Logo Side Banner

क्षत्री समाज नेपाल कतारको १४ औँ स्थापना दिवस

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

क्षत्री समाज नेपाल कतार शाखाले १४ औँ स्थापना दिवस सहित विशेष अन्तराष्ट्रिय क्षत्री भेला कतारको दोहामा सम्पन्न गरेको छ ।

 

क्षत्री समाज नेपालको आधिकारीक शाखा मान्यता पाएको कतार समाजले १४ वर्षदेखि विविध सामाजिक कार्यहरु गर्दै आएको संस्थापक उपाध्यक्ष हंसराज ढकालले बताए ।

सो कार्यक्रमको शुभारम्भ गर्दै समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापाले कतारमा रहेका क्षत्रीहरुले गरेको योगदान महत्वपूर्ण रहेकोले समाजलाई अगाडी बढाई क्षत्रीको पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनु पर्ने बताए ।

 

क्षत्री समाज नेपालका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाज मार्फत नेपालमा गरीएको कार्यक्रमको जानकारी गराउदै अन्तराष्ट्रिय स्तरमा हित शाखाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । श्रमजीवी नेपालीको समस्या के छ, नेपाल सरकारले के गर्नुपर्छ सो लाई केन्दिय समितिमार्फत पहल कदमी गरीने थापाले बताए क्षत्री समाजलाई विश्वभर विस्तार गर्ने योजना रहेको समेत बताए ।

 

सो कार्यक्रममा कतार शाखाका अध्यक्ष श्यामकुमार डागीलाई शाखा मान्यता, पिन, वितरण कार्यक्रम निर्देशिका र संस्थापक उपाध्यक्ष हंसराज ढकाललाई कतार सहित दुबई, स्पेन, बेल्जियम, बेलायतको अन्तराष्ट्रिय इन्चार्ज, जिम्मेवारी पत्र, सहित कार्यक्रम निर्देशिका वितरण गरीएको थियो ।

 

कतार शाखाका अध्यक्ष श्यामकुमार डागीको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाली राष्ट्रिय परिषदका उपाध्यक्ष कृष्ण पन्थी, नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेल, कतार एकता समाजका अध्यक्ष कमल आचार्य, गण्डकी प्रदेश समितिका राज देवकोटा, प्रवासी नेपाली संघका अध्यक्ष चानक पोख्रेल, अन्तराष्ट्रिय रक्तदाता समुहका कल्याण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष शिवराम ढकाल, नेपाली महिला समाजको अध्यक्ष लोकमाया के.सी., आदीवासी जनजाती महासंघ कतारका अध्यक्ष डियन मगर, अन्तराष्ट्रिय नेपाली समाजका धुव श्रेष्ठ लगायतले कतारमा नेपालीको अवस्थाको बारेमा धारणा राखेका थिए ।

 

समाजको संशोधित विधान संयोजक आर.सि. पन्थ, पूर्व अध्यक्ष रेशम बस्नेत, सल्लाहाकार सागर नेपाल, नरेन्द्र भाट, चुडामणी कार्की, सचिव शिवलाल के.सी. लगायतले समाजको जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा कलाकारहरुले राष्ट्रियता झल्कने गित, नृत्य,नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा समाजका केन्द्रिय अध्यक्ष रिव बहादुर थापा र महासचिव कृष्ण बहादुर थापालाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस