logo
Logo Side Banner

आगामी माघदेखि सामाजिक सुरक्षा भत्ताको लागि ६६ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

News LogoMina Shrestha 8 महिना अगाडि
87 2 minutes read

यहि अाउदाेँ माघ १ गतेदेखि  सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि ६६ वटा जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य  गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले निर्णय कार्यान्वयनका लागि ६६ जिल्लाका पालिकाहरुलाई पत्राचार गरेको छ। यसअघि पहिलो चरणमा साउनदेखि अनिवार्य लागू गर्न खोजिएको २८ र दोस्रो चरणमा माघदेखि लागू गर्न खोजिएको ३८ गरी ६६ जिल्लाका पालिकाहरुलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराइएको विभागले जनाएको छ ।

विभागकाअनुसार सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्छ । परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रुजु गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस