logo
Logo Side Banner

राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन शीर्षकमाथि छलफल

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

 संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक मध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि 

व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 
यसको साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस