logo
Logo Side Banner

सौर्यको जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

 सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम जारी छ । तर त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्छ । त्यसैले सबै १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने उनले बताए । त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनले बताए ।

शव जलेकाले हेरेकै भरमा चिन्न गाह्रो हुन्छ । त्यसैले अत्यधिक जलेका शवको हकमा डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्ने डा. चौधरीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस