भारतको केरलामा निपाह भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएकाे छ। स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको छ ।
अस्पताल जान परेमा उच्च सावधानी अपनाउन समेत भनिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको संक्रमण जोखिम उच्च देखिएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिनुभएको छ ।
डब्ल्यूएचओले यो रोगले महामारी रूप लिन सक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
स्याङ्जामा टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार
पोखरामा आजदेखि दाइँ महोत्सव हुने