logo
Logo Side Banner

आज साउनको पहिलो सोमवार, पशुपतिसहित शिव मन्दिरहरुमा भक्तजनहरूकाे भिडभाड

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

आज साउनको पहिलो सोमवार, पशुपतिनाथ लगायतका शिव मन्दिरमा भक्तजनहरूकाे भिडभाड बढेकाे  छ ।

 पशुपतिनाथमा दर्शनार्थीका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमणअधिकारीले जानकारी दिएका छन् ।

पशुपतिनाथकाे चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै खुला गरिएको हाे । साउनको सोमवार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गरेका छन् ।साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिड लाग्ने गर्दछ । 

प्रतिक्रिया दिनुहोस