मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।
बिहीबर समितिल प्रधानविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए ।
उनले भने,‘उहाँहरुले आफ्नो कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । अहिलेका लागि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिने भएकोले कुन दिन भन्ने नतोकी अहिलेका लागि स्थगित भएको छ ’
निर्वाचन आयोग जस्तो संवैधानिक पदको लागि अनुमोदन गर्न पनि थप समय चाहिएको कारण विहीबार निर्णय गर्न नसकेको उनको भनाई छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित