logo
Logo Side Banner

जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं र झापाबाट दुई जना पक्राउ

News LogoSita 9 महिना अगाडि
87 2 minutes read

 १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । 
प्रहरी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 
मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०÷१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाके बाह्रदशी गाउँपालिका–१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 
मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस