logo
Logo Side Banner

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० ले समर्थन गर्ने भएको छ ।

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । प्रतिनिधि सभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उहाँले बताउनुभयो ।

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज बेलुकासम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस