logo
Logo Side Banner

स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

 नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा  भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् । 
सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै ततकाल समाधान गर्न माग गरे । 
उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो । अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो । ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन् । आएकाको पनि फोटो प्रष्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ ।’

उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै  त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए । 
उनले भने, ‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ । त्यसैले यसमा बढि दुरुपयोग पनि हुन्छ । पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन् । यातायात विभागमा लइसेन्स छाप्न एउटा मात्र मेसिन छ । जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु ।’ 
 

प्रतिक्रिया दिनुहोस