 
    
    
                         
                                                                                                                         
                    काठमाडौं ।नेपाली कांग्रेसका युबा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्बाचीत भएका छन् ।
भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा निर्विरोध निर्बाचीत भएका हुन् ।
कांग्रसको भातृ संगठन नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका श्रेष्ठ कांग्रेसको महासमिति सदस्य पनि हुन् ।
महासंघको महाधिवेशनबाट अध्यक्षमा ओम घर्तिमगर,उपाध्यक्षमा विश्वदिप लिङ्देन लगायत अन्य पदाधिकारी र सदस्यहरु निर्बाचीत भएका छन् ।
 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
 
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
 
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित