 
    
    
                         
                                                                                                                        .jpeg) 
                    राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । 
बिहीबार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार बिहान ९ बजे नतिजा सार्वजनिक गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  
परीक्षामा सहभागी भएका चार लाख ४४ हजार सात सय ८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् । 
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन् । अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, १८६ जनाले चार जीपए ल्याएका छन् ।  
परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो ।  तर,आन्तरिक तयारी नसकिएपछि नतिजा आज सार्वजनिक भएको छ । 
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले एसइई नतिजा हेर्न परिक्षार्थीका लागि सार्वजनिक सूचना यसअघि नै जारी गरेर जानकारी दिइसकेको छ ।  एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ । 
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ । 
 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
 
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
 
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित