 
    
    
                         
                                                                                                                         
                    क्षेत्री समाज नेपालका केन्द्रीय समितिका कोषाध्यक्ष पदम बहादुर कार्कीको उपचारको क्रममा निधन भएको हो । केही महिनादेखि उपचारर्थ रहेका कार्कीको असार ६ गते निधन भई पोखरा ल्याई आइतबार समाजको केन्द्रीय प्राङ्गणमा अन्तिम बिदाई श्रद्धाञ्जली गरीएको थियो ।
सभामा समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापा, महासचिव कृष्ण कहादुर थापा , गण्डकी प्रदेश अध्यक्ष इन्द्रमान खत्री, कास्की जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले समाजको झण्डा ओढाइ सम्मान सहित बिदाई गरीएको थियो । सो सभामा समाजका केन्द्रीय पदाधिकारी,सल्लाहकार, प्रदेश जिल्लाका प्रतिनिधिहरु सहित विभिन्न जातीय समाज, व्यवसायीहरु, संघसस्ंथाका प्रतिनिधिहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
२०१४ असोज २४ गते झापामा जन्मेका कार्की विगत ३० वर्ष देखि पोखरामा रही निर्माण व्यवसायको साथमा क्षेत्री समाजको पूर्व जिल्ला अध्यक्ष, बहुउद्ध्ेश्यीय भवन निर्माण सचिव, विभिन्न धार्मिक शैक्षिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहनुभएका कार्की नेकपा एमालेको पूर्व गण्डकी प्रदेश समिति सदस्य भई सक्रिय रहेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
 
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
 
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित