logo
Logo Side Banner

श्रद्धा सेवा केन्द्रमा गुरुङ्ग

News LogoMina Shrestha 2 बर्ष अगाडि
87 2 minutes read

 जेष्ठ नागरीकहरुको सम्मान र स्वास्थ्यमा समर्पित श्रद्धा सेवा केन्द्रको पहिलो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनमा निमा गुरुङ्ग अध्यक्ष, उपाध्यक्ष रमेश ताम्राकार, कोषाध्यक्ष कृष्ण बहादुर थापा चयन भएका छन् । समितिको सदस्यहरुमा सुर्य प्रसाद ढकाल , अर्जुन ज्ञवाली, अनिल कुमार शाही, मेहेन्दी दास र कृष्ण कुमारी पहारी रहेका छन् ।

 

निर्वाचित समितिको घोषणा सहित पदस्थापन निर्वाचन संयोजक अधिवक्ता दयाराम गौतमले गराएका थिए । अधिवेशनको शुभारम्भ पोखरा महानगरपालिका वार्ड नंं. १५ का अध्यक्ष वानियाले गर्दै जेष्ठ नागरीकलाई सम्मान, सेवा कार्यमा हुने सहयोगमा वार्डले प्राथमिकता दिने बताए ।

 

कार्यक्रममा केन्द्रका सल्लाहाकार शोभियत बहादुर अधिकारी, निरज थापा, महानगर जेष्ठ नागरीक समितिका संयोजक भूपेन्द्र गिरी, रेडक्रस गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकालले केन्द्रलाई जेष्ठ नागरीकको सेवामा समर्पित गराउने गरी योजना ल्याउनुपर्ने बताए ।

 

केन्द्रका अध्यक्ष निमा गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रमेश ताम्राकारले स्वागत, सचिव सरिता ताम्राकारले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष कृष्ण बहादुर थापाले आर्थिक प्रतिवेदन राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस