काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम तथा योजनाहरू समावेश गरिएको पाइएको छ ।
योजना आयोगले वृहत् गृहकार्य गरेर राष्ट्रिय तथा स्थानीय स्तरमा भएको छलफल गरी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेत समावेश गरेको पाइएको छ ।
पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले १६ औँ पञ्चवर्षीय राष्ट्रिय योजनामा समेटिएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका कार्यक्रमहरूले यो समुदायको सबै आवश्यकता तथा हक अधिकारहरू पुरा गर्न नसके पनि प्रभावकारी ढङ्गले लागू भएमा केही राहत दिने विश्वास व्यक्त गरे ।
‘म आफैँलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक विज्ञको रूपमा योजना आयोगले बोलाइ १६ औँ योजनामा योगदान गर्न पाएकोमा साह्रै खुसी लागेको छ,’ पन्तले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘नेपालभर रहेका सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय आधारित संघसंस्थाहरुले यो १६ औँ राष्ट्रिय योजनामा आ आफ्नो क्षेत्रबाट गर्नु भएको योगदानको उच्च मूल्याङ्कन गरेको छु ।’
पञ्चवर्षीय योजनामा लेखिएका कार्यक्रमहरूलाई व्यवहारमा लागू गर्नका लागि स्रोत साधन उपलब्ध गराउन र यो समुदायलाई प्राथमिकतामा राखी योजनाहरू कार्यान्वयन गर्न पन्तले सरकार, दातृ निकाय, संयुक्त राष्ट्र संघलगायत सबै साझेदारहरूसँग माग गरेका छन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विराटनगरलाई,सुपर ओभरु मा हराउँदै पोखराको दोस्रो जीत
सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने
भर्खरै प्रकाशित
नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न निर्देशन
होलीमा फेवाताल किनारमा होलिल्याण्ड, प्रवेश निशुल्क