logo
Logo Side Banner

देशभर अवैध लागूऔषधको जालो, १५ जना पक्राउ

News LogoSita एक महिना अगाडि
87 2 minutes read

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख ५७३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३१ मिलिग्रामसहित स्कुटर चालक सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने २७ वर्षीय राज श्रेष्ठ र स्कुटरमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सुनिल कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५४ प ७४८९ नम्बरको स्कुटरमा
सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय हेमन्त कार्कीलाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीलेपैदलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका–९ हरनामपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो रङको लागूऔषध जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित सोही
नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस