 
    
    
                         
                                                                                                                         
                    स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु छन् ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले
जाँच गर्ने क्रममा रकम बरामद भएपछि प्रहरीले ट्याक्सीमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा
बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
 
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
 
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित