logo
Logo Side Banner

काठमाडौं न्यूरोड क्षेत्रको सडक साँघुरो गरेकोमा विरोध

News LogoSita एक महिना अगाडि
87 2 minutes read

न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् । 
सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै  न्यूरोडबासीले आन्दोलन गरेका हुन् । 
उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैँन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे । 
आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौं महानगरका मेयर वालेन्द्र शाह(बालेन)को यो कदम ठिक नभएको बताए । उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरुको इच्छा र भावना विपरितको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए । 

उनले भने, ‘सडकलाई सांघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौं । मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो । यो काठमाडौंको मात्र होइन । नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो । नेपालको इतिहास मेटाएर, गाडि नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ । साथ दिनुपर्ने कुरामा साथ दिन्छौ । तर स्थानीयहरुको इच्छा विपरितको कार्यमा विरोध गर्नैपर्छ ।’
यस्तै, स्थानीय मंगलादेवी महर्जनले पनि महानगरपालिकाको प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्ने भन्दै एकलौटीपूर्ण कदम अन्याय भएको बताइन् ।   

उनले भनिन्, ‘बालेनलाई नराम्रो भन्ने होइन । मेयर भएका नाताले राम्रो काम पनि गर्नुभएको छ  । देश बनाउनु पर्छ भनेर हामी पनि लागि रहेका छौं । तर यो न्यूरोडको सडक यसै सानो छ यसलाई सानो बनाएर के गर्न खोजेको हो ? प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्नेमा एकलौटी गर्न पाइन्छ ?’ 
महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस