कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको विषयलाई लिएर विभिन्न संचारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन् ।
सञ्चार गृहभित्र प्रहरी प्रवेशगरी सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको सम्पादकहरुले पठाएको पत्रमा उल्लेख छ ।
नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत रहेको जानकारी गराउँदै उनीहरुले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै समझदारी नगर्ने समेत उल्लेख गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई रोक्न खोजेको भन्दै निष्पक्ष छानबिन गर्ने दायित्व प्रधानमन्त्रीको रहेको बताएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित