जाल्पादेबी महिला उद्दार समुहको आयोजनामा महिलाहरुको लागि सकारत्मक सोच संम्बन्धी तालिम दिएको छ ।
स्थानिय स्थरमा सामाजिक कार्यमा सकृय जाल्पादेबी महिला उद्दार समुहले नियमित तालिम अन्र्तगत महिला लाई सकारत्मक बनाउने उद्देश्यले तालिम आयोजना गरीएको समुहका अध्यक्ष राधिका थापाले बताईन ।
पोखरा महानगरपालिका वार्ड नं ८ को सहयोगमा भएको तालिमको शुभारम्भ गदै वार्ड अध्यक्ष्य रुद्र नथि बरालले तालिमबाट पाएको ज्ञान लाई ब्यवहारमा उर्तान सके घर,परिवार समाज राम्रो हुने बताए ।
सो तालिममा सजिकरणको रुपमा पत्रकार तथा सामाजिक अभियान्ता शुम्मा पौडेल , पे्ररक अभियान्ता रमन भटराई , ब्रम्हाकुमारी इश्वरीय विश्वबिधालयका प्रशिक्षक मन्जु वार्ड सचिव सबिता ठुङगाना रहनु भएको थियो ।
समुहका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको तालिममा संस्थापक अध्यक्ष शारादा सुवेदी ,पूर्व अध्यक्ष पबित्रा के.सी ।,कान्ती अधिकारी ,उपाध्यक्ष दुर्गा अधिकारी ,सचिव अमृता गीरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित