logo
Logo Side Banner

विवाहको वहानामा चीनमा मानव बेचबिखन गर्ने महिला पक्राउ

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

 विवाहको वहानामा चीन पुर्याइ मानव वेचविखन गर्ने गरेको अभियोगमा नुवाकोटको किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई चीनमै बस्दै आएकी ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७ ठमेलबाट पक्राउ गरेको हो ।
मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाईफकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराएको खुल्न आएको छ । विवाहपश्चात पीडितलाई  २०८० वैशाख १ गते चीनमा पु¥याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

मनमायाले पीडितलाई नेपाली पाँच लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए । 
उनी उपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस