प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्याश, सवारी चाप व्यवस्थित हुने विश्वास
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।
उनले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
सोमबार पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’ शिलान्याश गर्दै पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने विस्वास व्यक्त गरे ।
‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,’ प्रधानमन्त्री सचिवालयले उल्लेख गरको छ । ‘यस परियोजनाको
सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रबद्र्धधन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।’
यस्तै, दाहालले पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन् । उनले देशमा भएको विकासको तुलनात्मक अध्ययन नै नगरी केही विकास नै नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
क्षत्री समाजका उपाध्यक्ष बस्नेतको निदन
क्षत्री महिला सम्मान सहित प्रशिक्षण सम्पन्न