logo
Logo Side Banner

मंगलबारबाट सदन नियमित संचालन हुन्छ ः प्रधानमन्त्री

News LogoSita 2 महिना अगाडि
87 2 minutes read

 प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भई भोलि(मंगलबार)बाट सदन नियमित संचालन हुने बताएका छन् ।
पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । 

‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ । दलहरूबिच सघन छलफल हुन्छ,’ दाहालले भने ।  
जसपा नेपाल सरकारबाट बाहिरिएसँगै सरकारको समीकरण फेरबदल हुने टीकाटिप्पणीप्रति सङ्केत गर्दै दाहालले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।’

नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाक्षालाई बजेटमा सम्बोधन गरिने भनाई दाहालले आजै दोहोर्याएका छन् । 
‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,’ उनले थप भने, ‘कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।’
सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए । 
 

प्रतिक्रिया दिनुहोस