logo
Logo Side Banner

क्षत्री समाज नेपाल द्धारा जिम्मेवारी बाडफाड

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

पोखरा । क्षत्री समाज नेपाल को चौथौ राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाडफाड गरेको छ । 

प्रदेश स्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लाल बहादुर अधिकारी ,गण्डकी प्रदेश इन्चार्ज मा उपाध्यक्ष राजेन्द्र अधिकारी , बागमती प्रदेश इन्चार्ज मा उपाध्यक्ष श्याम कार्की लाई प्रदेश अन्र्तगत जिल्लाहरुको अधिवेशन गराउने समेटन बाकी रहेका जिल्लाहरुको प्रतिनिधित्व गराउने जिम्मेवारी दिएको छ । 

त्यस्तै महिला उपाध्यक्ष अमृत देबी बानिया लाई महिला समाज इन्चार्ज बनाइएको छ । सो अनुसार देशभरका महिला समाजहरुको सङठनलाई सकृय बनाई महाधिवेशन गराउने जिम्मेवारी दिएको छ । 

समाजको बिभिन्न उद्देश्य अनुसार कार्यगर्ने गरी महासचिव कृष्ण बहादुर थापा लाई सङठन योजनाको जिम्मेवारी ,कोषाध्यक्ष पदम बहादुर कार्की लाई आर्थिक विकासको जिम्मेवारी सहित विभिन्न जिल्लाहरुको इन्चार्ज तोकिएको छ । 


जातीय सदभाव ,राष्टिय एकता अभियानलाई समाजले स्थापित गराउदै राष्टिय अखण्डताको लागी विविध रचात्मक कार्यहरु गदै आएको महासचिव कृष्ण बहादुर थापाले बताए । 

समाजका केन्द्रीय अध्यक्ष रिव बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा केन्द्रीय पदाधिकारीलाइ स्वागत सहित पदस्थापन गरीएको छ ।  सो कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मी अधिकारी ,प्रदेश लेखा अध्यक्ष गणेश के.सी ,कास्की चिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले , कार्यकाल सफलताको शुभकामना सहित भनाई राखेका थिए । 

सो बैठकले असोज मसान्त सम्म सम्पुर्ण भातृसमाजको अधिवेशन गने ,मनोनित गन आवश्यक  मापदण्ड तय गर्ने , समाजले विभिन्न चरणमा राज्यपक्ष संग भएका सम्झोता कार्यन्वन गराउन पहल गने  आरक्षणलाई बर्गिय रुपमा गराउन पहल गर्ने लगायतका महत्वपुर्ण निर्णय गरीएको थापाले बताए । 


 

प्रतिक्रिया दिनुहोस