logo
Logo Side Banner

भारतीय दुग्धजन्य पदार्थ निर्वाध भित्रिंदा नेपाली उत्पादनको व्यापार चौपट

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ ।
भारतबाट निर्वाध भित्रने र बजारमा खुला रुपमा पाइने दुग्धजन्य पदार्थका लागि भने त्यस्तो खर्च नहुने भएकाले तुलनात्मक रुपमा सस्तो पाइने गरेको उनीहरु बताउँछन् । त्यही भएर स्वदेशी उत्पादनभन्दा आयातीत पदार्थमा उपभोक्ता आकर्षित हुने गरेको पाइन्छ ।

एकातिर उचित प्राविधिक रेखदेखबिना प्रशोधन नगरिएका पदार्थ गुणस्तरहीन पदार्थ प्रयोग गर्नुपर्दा उपभोक्ताको स्वास्थ्य जोखिममा हुने देखिएको छ भने अर्कातिर गुणस्तरयुक्त भएर पनि स्वदेशी उत्पादनले राम्रो बजार नपाइरहेका अवस्था छ ।

भारतीय सामग्रीका कारण कोशी प्रदेशमा एक अर्ब रुपैयाँभन्दा बढीको नेपालमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुन नसकेको व्यवसायीहरुको भनाइ छ । ती पदार्थ विभिन्न डेरी उद्योगका गोदाममा थन्किएको छ । कोशी प्रदेशमा रहेका दर्जनभन्दा बढी डेरीहरुमा नौनी घिउ, पाउडर दूध, छुर्पी, चिज जस्ता पदार्थहरु बिक्री नभएर थन्किएको हो ।
भारतबाट नेपालमा भित्रने दुग्धजन्य पदार्थ भन्सार छली गरिएको र कर समेत तिर्नु नपर्ने भएका कारण त्यससँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले डेरी उद्योगहरु संकटमा परेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस