सरकार यतिबेला बजेट अधिवेशन सञ्चालन गर्ने तयारीमा छ । सभामुख देवराज घिमिरेले भोलि(शुक्रबार) दिउँसो २ बजे संघीय संसदको दुवै बैठक आह्वान गरिसकेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधको बावजुद पेलेर बैशाख २ गते रातिबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले भोलिबाट बजेट अधिवेशन शुरु गर्न लागेको छ ।
तर, प्रतिपक्षले यो अधिवेशनमा पनि अवरोध गर्ने अडान छाडेको छैन । जसको कारण हो, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग ।
सहकारी रकम अपचलनको विपषयमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानविन गर्नुपर्ने कांग्रेसको तत्कालिन सत्ता गठबन्धन टुटेपछिको प्रमुख अडान नै छ । त्यसमाथि महान्यायाधिवक्ताको कार्यालयले गत सोमबार (२४ वैशाख, २०८१) मा गृहमन्त्री लामिछानेलाई व्यक्तिगत रूपमा पठाएको पत्र सार्वजनिक भएपछि त्यसबारे चौतर्फी टिप्पणी हुन थालेका छन् ।
अझ मंगलबार गृहमन्त्री स्वयंले महान्यायाधिवक्ता कार्यालयको सोही पत्रको हवाला दिएर आफूविरुद्ध संसदीय छानबिन समिति गठन गर्नुपर्ने कारण नै नभएको दाबी गरे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित