logo
Logo Side Banner

माग पुरा नभए होटेल तथा पर्यटन श्रमिकहरुले आन्दोलन गर्ने

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रियस्तरका तीनवटा ट्रेड युनियनहरूले हानलाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तीनवटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा हानलाई ज्ञापन पत्र  बुझाएको हो ।

सेवाशुल्क लिँदा उपभोक्ता ठगिएको भन्ने व्याख्या गरियो तर अहिले होटेल तथा पर्यटन व्यवसायीले मेनुमा नै थप शुल्क लिएर श्रमिकहरूलाई भने वास्ता नगर्दा देशभरका लाखौँ मजदुरहरूको रोजीरोटीमा भने हानी पुगेको भन्दै उनीहरूले हानलाई सेवा शुल्क लगायत विभिन्न छ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका महासचिव सन्तोष थापाले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस