आज मातातीर्थ औंसी अर्थात् जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने दिन । काठमाडौंको मातातीर्थ मन्दिरमा दिवंगत माताको सम्झना गर्दै यो दिवस मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको सम्मान गर्न आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमा हुने सन्ततिले आमाको सम्मानमा मीठा मीठा परिकार, भोजन गराएर उपहार दिई आमाको आर्शर्वाद लिने गर्दछन् ।
आमा गुमाईसकेका सन्ततिले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन् । औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाको आत्माले तृप्ति पाउने विश्वास छ ।
यही विश्वास र मान्यताको निरन्तरता स्वरुप आज बिहानैबाट मातातीर्थ मन्दिरमा मेला लागेको छ ।
 
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
                                गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
                                प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित