देशभर तापक्रम वृद्धि,तराई र उपत्यकामा आजदेखि पाँच दिन हिटवेव, उच्च सर्तकता अपनाउन विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागले आजदेखि पाँच दिनसम्म तराईका भूभागमा हिटवेव (तातो हावा÷तातो लहर) आउने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले उल्लेख गरेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको हो ।
आजदेखि आगामी ५ दिन सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले चेतावनी सहित विभागले अलर्ट रहन आग्रह गरेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न विभागले निम्न उपायहरू सुझाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित