logo
Logo Side Banner

बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

बझाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा शान्तिपूर्णरुपमा मतदान भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताएकी छन् । 
पूर्व निर्धारित समय अनुसार ७ बजे नै सुरुभएको मतदानमा उत्साहजनक भएर मतदाता सहभागी भैरहेको जोशीको भनाई छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जोशीले बताईन् । 
यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले मतदान गर्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएको आज निर्वाचन भैरहेको छ । 
आजको प्रतिष्पर्धामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा सहभागी छन् ।
 

प्रतिक्रिया दिनुहोस