logo
Logo Side Banner

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । 
आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो । 

बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ । 

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस