logo
Logo Side Banner

म्याग्दीको पन्थोकमा एक दशकअघि शुरु भएको सिँचाइ आयोजनाले बल्ल गति लियो

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि शुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण निर्माण कार्य अघि बढेको थिएन ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो । तत्कालीन जिविसले शुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि अलपत्र परेकोमा यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेको स्थानीय अगुवा दिलबहादुर पुनले बताउनुभयो ।

सात वर्षअघि १३ लाख रुपैयाँ खर्चेर जङ्गलेखोलाको मुहाबाट झन्डै एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान भइरहेको जानकारी दिनुभयो ।

खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीकाअनुसार योे योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस