गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम बढेको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको नभइ हिम पहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए । ‘तालमा हिम पहिरो झरेको हो । त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन । जोखिमको अवस्था बुझ्न प्रहरी टोली ताल क्षेत्रमा पुगिसकेको छ । तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,’दाहालले नेपाल न्यूज बैंकसँग भने ।
तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए । बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ ।
मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ । तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित