logo
Logo Side Banner

आज राम नवमी पर्व मनाइँदै, २७ दिन पर्व बिदा

News LogoSita एक महिना अगाडि
87 2 minutes read

 चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरी श्रद्धा,  भक्ति र उल्लासपूर्ण रुपमा मनाइँदैछ। 
आज भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ। विशेषगरी मधेश प्रदेशको जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनहरुको घुइँचो लागेको छ। 

यस्तै,बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राममन्दिर, गोकर्णेश्वर नगरपालिका  आरुबारीमा रहेको राम मन्दिरलगायतका मन्दिरमा पनि आज विशेष पूजा गरिन्छ । 
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौं अवतारका रूपमा जन्म लिएको धार्मिम ग्रन्थहरुमा उल्लेख छ । श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श 

पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ।
आजको दिन व्रत बस्ने, रामगीता पाठ, अध्यात्म एवं भानुभक्तीय रामायण वाचन गर्नुका साथै भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ। यसो गर्नाले चिताएको कार्य पूरा हुने जनविस्वास छ । 

यो वर्ष दुईवटा रामनवमी परेको छ । पहिलो वैशाख ५ गते बुधबार (आज) र दोस्रो चैत २४ गते आइतबार परेको छ । अधिकमासका कारण २०८० सालको चैतेदशैँ र रामनवमी पर्व ०८१ सालमा परेको थियो । तिथि पर सर्दै आएको कारण ०८१ मा दुईवटा रामनवनी पर्व पर्न गएको हो । 
 

प्रतिक्रिया दिनुहोस