राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।
बुधवार भएको उपाध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनकी घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका सांसदले मत दिएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित हुँदा प्रतिष्पर्धी पुडासैनीले १६ मत प्राप्त गरिन् ।
विजयी भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले भने, ‘म आफ्नो व्यक्तिगत तथा राष्ट्रिय सभाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार ३ सय ३८ मत प्राप्त गर्दै उनले कांग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित