logo
Logo Side Banner

राप्रपाको काठमाण्डौ केन्द्रित जनप्रदर्शन,निषेधित क्षेत्र तोड्न खोज्दा झडप

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज गरिरहेको काठमाण्डौ केन्द्रित जनप्रदर्शनका कारण केही ठाउँको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । राप्रपाका नेता कार्यकर्ताको जुलुस भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली पुगेको छ । भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै जुलुस सिंहदरबारतर्फ जान थालेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा हानेको छ ।

राप्रपाको जुलुका कारण टुँडिखेल वरपर, सिंहदरबार, पुतलीसडक, लाजिम्पाट, माइतघर, थापाथली, त्रिपुरेश्वरलगायत क्षेत्रमा गाडीको लामो लाइन लागेको छ । यी क्षेत्रको जामले काठमाण्डौका अन्य क्षेत्रको ट्राफिक पनि प्रभावित भएको छ ।

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज राप्रपाले प्रदर्शन गरेको हो । प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत राप्रपाका कार्यकर्ता काठमाण्डौमा आएका छन् ।

राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार जनाभन्दा धेरै जनशक्ति परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस