सहकारीको रकम अवैध तरिकाले अपचलन गरेको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति माग गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यसलाई ‘बटमलाइन’ बनाएको छ ।
नेपाली कांग्रेसले यो माग पूरा नभएमा संसदको बैठक नै अवरोध गर्ने चेतावनी दिएपछि यसको निकास खोज्न सभामुख देवराज घिमिरेले आज अपरान्ह मुख्य दलहरुसँग छलफल गर्नेभएका छन् ।
आज बिहानकै लागि बोलाईएको बैठक घोडेजात्रा पर्व मनाउन स्थगित गरेर पछि बस्नेगरी सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
यता नेपाली कांग्रेसले आजै बिहान संसद्मा रहेका पूर्व र वर्तमान पदाधिकारीसँग यस बिषयमा परामर्श गर्न बैठक बोलाएको थियो । छलफलपछि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय लिएको महामन्त्री गगन थापाले बताए । ‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ ।’
कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा सभामुख देवराज घिमिरेले दलका नेतासँग अपरान्ह बस्ने बैठकमा छलफल गर्ने भएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक बैठकमा सहभागी हुने भएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित