logo
Logo Side Banner

डेस्टीनेसनको अध्यक्षमा खेमराज

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

२५ चैत्र, पोखरा

वातावरणमा संरक्षण मुख्य केन्द्र बनाइ  इ.स. २०१६ मा स्थापित लायन्स क्लव अफ पोखरा डेस्टीनेसनको लायन वर्ष २०२४/२०२५ को नया नेतृत्व चयनको लागी निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचनवाट अध्यक्षका उम्मेद्वार खेमराज तिमिल्सिना र प्रथम उपाध्यक्षका उम्मेद्वार राजु पौडेलले १०० प्रतिशत Yes भोट प्राप्त गरी निर्वाचित भएका छन ।

निर्वाचित पदाधिकारीलाई डिस्ट्रीक्ट ३२५ एम का चिफ एडमिनिस्ट्रेटर किशोर बराल, डिपार्टमेन्ट चिफ लक्ष्मण तिमिल्सिना, रिजन चेयर पर्सन कोपिला श्रीस, डिपार्टमेन्ट अफिसर राम प्रसाद तिमिल्सिना, जोन चेयर पर्सन राजेन्द्र शर्मा लगाएतले बधाइ ज्ञापन गर्नुको साथै क्लवले गर्ने गतिविधी समाजसेवा केन्द्रीत रहेको र निरन्तरता दिदै थप रचनात्मक कार्य गर्दै अगाडि जानू पर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा क्लव आन्तरीक जिवनलाइ वलियो बनाउन आजिवन सदस्य लिएका लायन सदस्यहरु शिवराज अधिकारी, राम चन्द्र सुवेदी, बिभिषण तिमिल्सिना, राजु पौडेल, छवि पनेरु, बिष्णुहरी तिमिल्सिना सम्मानित भएका छन ।

क्लवको लायन वर्ष २०२४/२०२५ को द्वितीय उपाध्यक्षमा इ माधव कार्की, तृतिय उपाध्यक्षमा डा सरोज पोखरेल, सचिवमा छवि पनेरु, कोषाध्यक्षमा विभिषण तिमिल्सिना, सर्भिस चेयर पर्सनमा शिवराज अधिकारी, मेम्वरसीप चेयर पर्सनमा राम चन्द्र सुवेदी मनोनित भएका छन भने सल्लाहकारमा डा सरास्वती न्यौपाने, लक्ष्मण तिमिल्सिना, डा अमर नागिला, राम प्रसाद तिमिल्सिना र सन्तोष शर्मा चयन भएका छन ।

क्लवको पुर्व अध्यक्ष एव डिस्ट्रीक्ट ३२५ एम नेपालका डिपार्टमेन्ट को चिफ प्रा. डा. सरास्वती न्यौपानेको सम्योजकत्वमा निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस