logo
Logo Side Banner

विद्यालय सुधारका लागि अभिभावको अनुगमन महत्वपूर्ण हुन्छ ः पूर्वमन्त्री पौडेल

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

 पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अनुगमनमा अभिभावकको चासो र सरोकार केन्द्रित नभए विद्यालय क्षेत्रको सुधार हुन नसक्ने बताएका छन् । 
आइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको सम्बन्ध र समन्वय राम्रो भएको विद्यालयहरुमा सुधार भएको उल्लेख गरे । 

उनले भने,‘विद्यालयको अनुगमन गर्ने ठाउँमा अभिभावक नै हुनुपर्दछ । अनुगमनका क्रममा अभिभावकको चासो र सरोकारमा केन्द्रित नभएको अवस्थामा विद्यालयको सुधार हुन सक्दैन । केही विद्यालयका उदाहरण हेर्ने हो भने जहाँजहाँ विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको तालमेल मिलेको छ त्यहाँ सुधार भएको छ । जहाँ मिलेको छैन त्यहाँ समस्या भएको छ ।’
खासगरि व्यवस्थापन समितिको नेतृत्वको चयनका क्रममा झगडा भएका विद्यालयमा समस्या भइरहेको उल्लेख गर्दै पौडेलले यसको समाधानका लागि अभिभावकको भूमिका अपरिहार्य भएको बताए । 

पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सरकारले तोकेका निकायको काम भयो अथवा भएन भनि अनुगमन गरि खबरदारी गर्नु समेत अभिभावकको कर्तव्य हुने उनको भनाइ थियो । 
उनले भने,‘शिक्षा क्षेत्रको सुधारका लागि सरकारले तोकेका निकायहरुले के कस्तो काम गरे ? उनीहरुले गरेको काम ठिक छ कि छैन भनेर अनुगमन गर्ने मुख्य दायित्व अभिभावकको पनि हो । ’
 

प्रतिक्रिया दिनुहोस