logo
Logo Side Banner

‘प्रधानमन्त्रीले न्यायाधीश बन्न मिलेन’ कांग्रेस

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

 प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।  
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, गृह लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री  न्यायाधिस बन्न खोजेको. र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए । 

उनले भने,‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौं न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो ।  सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गर्नुभयो । यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रशन जन्मिएको छ ।’ 
उनले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए । 

कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ । 
उनले भने,‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ. सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा पनि छैन । अब त्यो विषयमा कस्ले जवाफ दिने हो ? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ । यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो ।’ 
 

प्रतिक्रिया दिनुहोस