logo
Logo Side Banner

आगलागीले मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख रुपैयाँ सहयोग

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

 आगलागीका कारण मृत्यु भएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । 
मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । 

मंगलबार मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुगेका थिए । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गरे । 
३ चैतमा हतुवागढी–७ को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको थियो । 
आगलागीले पाँच वर्षीय प्रतिष कार्की, सात वर्षीय दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस