logo
Logo Side Banner

पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

News LogoSita 2 बर्ष अगाडि
87 2 minutes read

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन्।
सिआईबीको निगरानीमा रहेका महरालाई कपिलबस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकलाई जानकारी दिए । 
उनलाई काठमाडौं ल्याउन लागिएको ढकालले बताए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ । 

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मु‍द्दा चलाउन सिफारिस गरेको थियो।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् । 
 

प्रतिक्रिया दिनुहोस