अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख (सि.डि.ई.) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोज कुमार यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
गैरकानूनी रुपमा उनीहरुले सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण गर्न
विना टेन्डर निर्माण सम्पन्न गराई १ लाख सड्चालिस हजार रुपैयाँ बढी भुक्तानी गराउन भूमिका खेलेको पाइएको अख्तियारले उल्लेख गरेको छ ।
उनीहरुले गुन्जा कन्सट्रक्सन सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मण्डलसँग सडक निर्माणमा सम्झौता गरेभन्दा बढी कार्य गरेको भनी बढी प्राविधिक र अन्य मूल्याङ्कन गराई रु.३,४७,००० हजार रुपैयाँ बढी भुक्तानी दिलाएका थिए ।
भ्रष्टाचार गरेको दाबी सहित तीनै जना विरुद्ध आज विशेष अदालत काठमाडौंमा अख्तियारले सोही रकम, कैद र जरिवाना तिराउन माग गरेको छ ।
अख्तियारको अनुसन्धानको क्रममा उक्त कार्यमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख देव, तत्कालीन इन्जिनियर राय र सव–इन्जिनियर यादवको संलग्नता पुष्टि भएको भन्दै उनीहरुलाई विगो दाबी सहित कारबाही गर्न दायर आरोप पत्रमा अख्तियारले माग गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित