त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
सिरिजको अन्तिम खेलमा मंगलबार नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । आज नेदरल्यान्ड्लाई पराजित गर्दै नेपाल घरेलु मैदानमा टी–२० आई सिरिजको तेस्रो पटक उपाधि जित्न चाहन्छ ।
नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई नै १४२ रनले पछि पार्दै उपाधि जितेको थियो । त्यसपछि २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै दोस्रो पटक उपाधि चुमेको नेपाल आज २०२१ को नियति दोहोर्याउने रणनीतिमा मैदान प्रवेश गर्नेछ ।
यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेल्दा नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा उपाधि प्रतिस्पर्धा गर्दै छ । नामिबिया भने ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
सहयोगका लागी आह्वान
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
प्रचण्ड प्यानल हराउदै बर्षमान प्यानल निर्बाचित