logo
Logo Side Banner

सराङकोट बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष द्धारा सहयोग

News LogoSita 4 महिना अगाडि
87 2 minutes read

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी ले जनजागृत मा.वि लाई सहयोग गरेका छन ।

पोखराका अग्रज ब्यवसायी तथा धार्मिक सामाजिक ब्यत्तित्वका रुपमा स्थापित जि.सी ले पोखरा १८ सराङकोटमा रहेको जनजागृत मा.वि ले विधार्थीहरु लाई सहयोगका लागी खरीद गर्न लागीएको बस खरीदका लागी १ लाख ११ हजार रकम सहयोग गरेका हुन । आफु जन्मेको र अध्यन गरेको गाउमा सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

गाउको समग्र विकास निमार्णमा जि.सी सकृय रहदै आएका छन । सहयोग रकम वुदै विधालयका प्र.अ यम बहादुर थापाले बस नहुदा बिधाथी आउजाउ गर्न समस्या भएकाले अनुदानमा खरीद गर्ने गरी १६ लाख आवश्यक रहने संचालन कोष समेत गरी ३० लाख सङकलन गर्ने उद्देश्य अनुरुप हाल सम्म १० लाख सङकलन भएको बताए ।

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापाले बिधालयको विकासमा सहकारीले सहयोग गर्ने बताए । सो कार्यक्रममा पतन्जली योग केन्द्रका प्रशिक्षक लक्षुमण पौडेल , पुर्व प्र.अ विष्णु तिमिल्सीना , शिक्षक चिन्तामणि शर्माले सहयोग प्रति खुसी ब्यत्त गरेका थिए । २०१६ मा स्थापित विधालयमा २१० जना बिधार्थी रहेका छन ।

प्रतिक्रिया दिनुहोस