समाजवादी मोर्चा नेपालले चैत्र ३ गते काठमाडौंमा ‘नेपाली बिशेषताको समाजवाद’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चा नेपालको बैठकले, चैत्र ३ गते काठमाडौंमा ‘नेपाली बिशेषताको समाजवाद’ नामक कार्यक्रम सञ्चालन गर्ने र त्यसले समाजवादी मोर्चा नेपाल नामको एक प्रकाशन पनि सुरुवात गर्ने निर्णय गरेको नेकपा एसका प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।
उनले भने,‘चैत्र ३ गते काठमाडौंमा नेपाली बिशेषताको समाजवाद नामक एक कार्यक्रम सञ्चालन गर्ने र यस्ले समाजवादी मोर्चा नेपाल नामको एक प्रकाशन पनि सुरुवात गर्नेछ । यसका गतिविधिलाई जिल्लामा कसरी अगाडि बढाउन सकिन्छ भनेर थप कार्ययोजना बनिरहेको छ ।’
उनका अनुसार बैठकले पार्टीको महाधिवेशनको दस्तावेज मस्यौदा गर्न बनाउनका लागि मस्यौदाको काम पूरा गर्न दुई दिन लगातार दस्तावेज मस्यौदा समितिको बैठक बस्ने पनि निर्णय गरेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित